आज :

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

  • अनलाइन डबली

सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अ पहरणपछि ह’त्या गरिएको छ । चार दिनदेखि बे’पत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो । शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले घटनालाई अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताएका छन् । उनका अनुसार मधेश प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर सूक्ष्म अनुसन्धान भइरहेको छ ।

अभिषेक असोज ५ गते राति ८ः३० बजे खाना खाएर घर बाहिर निस्केपछि बेपत्ता भएका थिए । भोलिपल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए । परिवारले तत्कालै प्रहरीमा उजुरी दिए पनि जीवित उद्धार सम्भव भए नभएको आफन्तले बताएका छन् ।

७ वर्षअघि बुबा सञ्जय सिंहको करेण्ट लागेर मृ’त्यु भएपछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए । उनी विद्यालय पढाइ छाडेर परिवारकै सिटी रिक्सा र ट्रयाक्टर चलाउने गरेका थिए ।

बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित बनेको छ । गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा संकट बढेको महसुस गरिरहेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइनेछ ।

‘रातभरी खोजतलास गरियो तर मेरो नाति फेला परेन । भोलिपल्ट बिहान ८ बजे अभिषेककी आमाको इमो आईडीमा हिन्दीमा लेखिएको सन्देश आयो । ५ करोड रुपैयाँ लिएर आउनु अभिषेक सुरक्षित छ, हाम्रो कब्जामा छ । त्यसपछि मेरो नाति अपहरणमा परेको छ भनेर थाहा भयो,’ मृतकका हजुरबुवाले भने । ‘हामीले तत्कालै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दियौं । तर प्रहरीले पनि खोजी र जीवित उद्धार गर्न सकेन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal