


महासचिव गोविन्द गिरीले जेन्जीले मुलरुपमा देशमा व्याप्त वेथिति, भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरेकाले सोही अनुरुप नवनियुक्त प्रधानमनत्री शुसिला कार्कीले कार्य अगाडी बढाउनु पर्ने जोड दिए ।
उपमहासचिव लक्ष्मिदत्त भट्टले जेन्जीको आन्दोलनमा घुसपैट गरेर त्यसको मर्मको अपहरण गरिएको आरोप लगाए । सचिव तोप गुरुङले सो कार्यक्रमको सञ्चालन गरेका थिए ।

१) देशमा भएको बेथिति, भ्रष्टाचार र चरम आर्थिक विश्रृंखलताको कारण सिर्जना भएकोे जेन—जीको आन्दोलनका उपलब्धिलाई सुरक्षित र संरक्षित गरी मुलुकलाई नयाँ दिशा दिनु पर्ने । शान्तिपूर्ण जनविद्रोह निर्मम ढंगले दबाउन युवा विद्यार्थीको हत्या गर्ने सम्पूणर््ा दोषीहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नु पर्ने ।
२) आन्दोलनबाट व्यवस्था र अवस्थाको परिवर्तनका लागि दिशानिर्देश प्राप्त भएको हुँदा मृत संविधानको अस्तित्व कागजमा मात्र सीमित रहेको ।
३) राष्ट्रपति र अन्य राजनीतिक दलहरुको हालका विज्ञप्ति संविधानको व्यवस्था र देशको अवस्थालाई यथावत राख्ने पक्षमा भएकाले प्रतिगामी तत्व पुनः जाग्ने अवस्था रहेको ।
४) ब्याप्त भ्रष्टाचार र अकूत सम्पत्तिको संग्रह सम्बन्धमा छानविन गरी राष्ट्रियकरण गर्ने र दोषीलाई कडा कारवाही गर्ने ।
५) आगजनी, लुटपाट र कैदी भगाउने हरकत उपर ६ महिना भित्रमा नै छानविन सम्पन्न गर्नु पर्ने ।
६) जेन—जीको आडमा स्वार्थ सिद्ध गर्ने समूहसँग सचेत रहने ।

७) राष्ट्रिय सभा, प्रदेश सभा र विभिन्न आयोग, प्रतिष्ठानहरु तत्काल खारेज गरी त्यहाँ भइरहेका साधनस्रोतको व्यय पुनःनिर्माणमा लगाउनु पर्ने तथा पूर्व भि.आई.पि.हरुको सेवा सुविधा तत्काल खारेज गर्नु पर्ने ।
८) नवगठित मन्त्रीपरिषद्का सदस्यहरुले आधा तलवमा सेवा दिनु पर्ने । यसैगरी स्थानीय तहका जनप्रतिनिधिले पनि आधा तलवमा अर्को निर्वाचन नभएसम्म काम गर्नु पर्ने, काम नगर्नेले राजीनामा दिनु पर्ने ।
९) क्षतिग्रस्त संरचना पुनःनिर्माणको लागि नेपाली सेना परिचालन गर्नु पर्ने ।
७) आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषित गरी क्षतिपूर्ति र परिवारको एक जनालाई तत्काल सरकारी नोकरीमा अवसर दिनु पर्ने । घाइतेहरुलाई पूर्णरुपमा निःशुल्क उपचार गर्नु पर्ने ।
८) नयाँ बानेश्वर स्थित संसद भवन पुनःनिर्माण गरी सो भवनको नाम “जेन—जी स्मृति सभा भवन” नामाकरण गर्नु पर्ने र भवनको परिसरको पार्कमा जेन—जी सहिदको प्रतिमा निर्माण गर्नु पर्र्नेे साथै भाद्र २३ लाई जेन—जी सहिद स्मृति दिवसको रुपमा मनाउनु पर्ने ।

८) वाह्य प्रभाव र दबाबबाट पूर्णरुपमा मुक्त भएर नयाँ नेपाल निर्माणको अभियान थालनी गर्नु पर्ने ।
१०) राष्ट्रिय मातृभूमि पार्टीको प्रस्तावित शासकीय स्वरुपका विशेषताहरु जेन—जीको मागसँग सामञ्जस्य रहेको सन्दर्भमा पूर्ण प्रजातान्त्रिक विशेषताहरु सहितको नेपाली राष्ट्रवाद र नेपालवाद झल्किने मौलिक संविधान संशोधन वा पुनर्लेखनको माध्यमबाट जारी हुनु पर्ने ।
उल्लिखित बुँदाहरुमा यस पार्टीबाट कुनै स्पष्टीकरण वा सहयोग र सल्लाह जेन—जी र सरकार समेतलाई आवश्यक परेमा त्यस विषयमा सहकार्य र समन्वय गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको जानकारी गराउँदछौं ।

