
काठमाडौं । कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन्।
नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारीपत्र बुझाएका छन्।
निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको आरोप लगाइएको छ।
जेनजी आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गएको छ भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।