काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था छ। जसमा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ। सामान्यतया यस धारामा प्रधानमन्त्री नियुक्तिको कुनै प्रत्यक्ष व्यवस्था छैन।
नयाँ संविधान जारी भएपछि धारा ७६ बाहेक अन्य धाराबाट प्रधानमन्त्री नियुक्त भएको यो पहिलो र ऐतिहासिक घटना हो।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली





