
काठमाडौं । नेपालकाे इतिहासमा पहिलाे महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक नयाँ सरकार प्रमुख, बनाउने गरी सहमति जुटेको छ ।
संसद बिघटन लगाएत बिषयमा अड्किएको बहस बिहीबार र शुक्रबार दिनभरी भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा एक समाराेहकाबीच नयाँ प्रधानमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने र त्यपछि कार्कीले मन्त्रिपरिषद विस्तारको काम अगाडि बढाउने कार्यालयले जनाएको छ ।
संसद विघटनका विषयमा सहमति जुटाउनका लागि पूर्वप्रधानन्यायाधीश कार्कीसहितकाे टाेली राष्ट्रपति निवासमा गएकाे थियाे । तर अब संसद विघटन गर्नका लागि सहमति जुटेकाे छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीसहितको टोली शुक्रबार साँझ नयाँ सरकार गठनका लागि छलफल गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेकाे थियाे ।