आज :

अफगानिस्तानमा २४ घण्टाभित्र तीन वटा भूकम्प, डब्लुएफपी र भारतको राहत सहयोग

  • अनलाइन डबली

काठमाडौं । पछिल्लो २४ घण्टामा अफगानिस्तान लगातार भूकम्पले प्रभावित भएको छ । शुक्रबार बिहानै ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार राति क्रमशः ५.८ र ४.१ म्याग्निच्युडका दुई भूकम्प गएका थिए । स्थानिय समय अनुसार पहिलो भूकम्प राति १०ः२६ बजे ५.८ म्याग्निच्युडको थियो भने दोस्रो ११ः५८ बजे ४.१ म्याग्निच्युडको मापन गरिएको थियो ।

यसैबीच, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कुनार र नंगरहार प्रान्तमा भूकम्प प्रभावित क्षेत्रका लागि आपतकालीन राहत पठाएको छ । पछिल्लो विवरण अनुसार, भूकम्पमा एक हजार चारसय भन्दा बढीको ज्यान गइसकेको छ भने तीन हजार भन्दा बढी घाइते भएका छन् ।

स्थानीय संचारमाध्यमहरूका अनुसार प्रारम्भिक राहत सामग्रीमा खाद्यान्न र बिस्कुट समावेश गरिएको छ भने थप सामग्री र कर्मचारी लैजाने उडान तयारीमा रहेको डब्लुएफपीले जनाएको छ । डब्लुएफपीका क्षेत्रीय निर्देशक हेराल्ड मानहाड्र्टले प्रभावित क्षेत्रमा घर ध्वस्त, बाटो नष्ट, भूस्खलन र मानवीय क्षतिको वर्णन गर्दै उद्धार चुनौतीपूर्ण बनेको बताएका छन् ।

भारतीय विदेश मन्त्री एस. जयशंकरले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत भारतको भूकम्प सहयोग काबुल पुगेको जानकारी दिएका थिए । भारतले २१ टन राहत सामग्री पठाएको छ । जसमा कम्बल, पाल, स्वास्थ्य सामग्री, पानी ट्याङ्की, जेनेरेटर, भान्साका भाँडा, पानी शुद्धीकरण उपकरण, औषधि, ह्विलचेयर, हाइजिन किट र अन्य अत्यावश्यक सामग्री रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal