आज :

तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् ः उपेन्द्र यादव

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् ।

बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए ।

त्यस्तै उनले राणाकालदेखि नै अहिलेसम्म पनि तराइका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे ।

उनले भने,‘राणाकालदेखि नै चलिआएको हो, तराईको किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् । राणाशासनदेखि नै यही चल्दै आएको छ । कहिले हुन्छ किसानको समस्या समाधान यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, समस्या पनि हल गर्ने हो ? समस्या समाधानको नाममा धेरै अनुदान र सहयोहरु पनि आएको छ । तीनैलाई उपयोग गरे अहिलेको समस्या हल भइहाल्छ नि । त्यो राज्यले गर्नुपर्यो ।’

त्यस्तै उनले अहिलेको सरकार गैरजिम्मेवार भएको आरोप लगाए । किसानहरु सडकमा उत्रिदा त्यसको न्यायोचित समाधान खोज्नु सरकारको दायित्व भएको उनको भनाइ छ ।

‘सरकार गैरजिम्मेवार छ । जिम्मेवार सरकारले किसानहरु, जनताहरु सडकमा उत्रिदा आफ्ना आवाजहरु राख्दा तुरुन्त ध्यान दिनुपर्छ । र त्यसको न्यायोचित समाधान खोज्नुपर्ने काम सरकारको हो र सरकारको दायित्व पनि हो,’उनले भने ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal