आज :

मिति सकिएका र टेष्ट फेल भएका सगर ग्यासका ३ हजार ३० सिलिन्डर नष्ट

  • अनलाइन डबली

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ ।

मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार बढी सगरका एलपी ग्यास सिलिन्डर आइतबार नष्ट गरिएको हो । सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालका अनुसार आफ्नो बार्षिक कार्य तालिकाअनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो ।

‘आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर यस बर्ष नष्ट गरेका हौं । हाम्रो वार्षिक कार्यक्रम अनुसार एक बर्षमा संकलित यस्ता सिलिन्डर नियमित नष्ट गर्दै आइरहेका छौं,’ अग्रवालले भने,‘हाइड्रोलिक परीक्षण फेल भएका, म्याद गुज्रिएका र कुच्चिएका सिलिन्डरहरु अत्याधुनिक मेसिनको सहायतामा डिस्पोजल गर्ने गरेका छौं ।’

दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योग प्रालि अन्तर्गतका ‘सगर ग्यास’का हाल साढे चार लाख सिलिन्डर बजारमा रहेको संचालक अग्रवालले जानकारी दिए ।

सिलिन्डर ग्यास विस्फोट हुनुको कारण सिलिन्डरको कारण मात्र नभए रेगुलेटर र पाइप पनि प्रमुख कारण हुने उनले बताए । ‘ग्यास विस्फोट हुनुमा सिलिन्डर मात्र दोषि हुँदैन् । रेगुलेटर र पाइपमा पनि ध्यान दिनुपर्छ । हामीले प्रत्येक डिपोहरुलाई सचेत गराउँदै आइरहेका छौं । प्रज्वनशिल र संवेदनशिल वस्तु भएकाले सचेत भएर काम गर्न भनेका छौं,’ उनले भने ।

सगरमाथाले आइतबार नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार अध्ययन मन्चका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा सिलिन्डर नष्ट गर्ने काम सुरु गरेको हो ।

सो अवसरमा नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक इन्जिनियर कुमार मानन्धरले एनएच प्लान्ट ५३३ भन्ने गुणस्तर मापदण्ड अनुसार सगर ग्यास सिलिन्डर नष्ट गरिएको जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मितिबाट २० वर्षसम्म प्रयोग गर्न योग्य हुन्छ । पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गर्नुपर्छ । त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोहीअनुसार सगरका तीन हजार ३० सिलिन्डर नष्ट गर्नुपर्ने देखिएको छ’ मानन्धरले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal