आज :

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव

  • अनलाइन डबली

जनकपुर । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोज कुमार यादवलाई दिइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको मलेसिया भ्रमणका लागि आज जान लागेका छन् ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको पत्रमार्फत जानकारी गराएको छ ।

मुख्यमन्त्री सिंह मलेसियामा रहेका नेपाली कामदार, विशेष गरी मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुने जनाइएको छ ।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारहरूको जीवन, समस्या र अवस्थाबारे बुझ्न महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal