
काठमाडौँ, साउन ३० गते ।
सानी चरीको गीत नामक चिनियाँ बाल परीकथा संग्रह लोकर्पण भएको छ ।
यहाँस्थित सिद्धार्थ वनस्थली इन्च्टिच्युटको तेम्बाछिरी हलमा चिनियाँ साहित्यकार लेउ तिहोगं, नेपालीमा अनुवाद गर्नुभएका डा. सर्वाेत्तम श्रेष्ठ, अरनिको समाजका अध्यक्ष डा. सुशिल प्रजापतिलगायतले संयुक्त रुपमा लोकर्पण गर्नुभएको हो ।
चिनियाँ साहित्यलगातका विषयवस्तुलाई नेपाली पाठकमाझ ल्याउन अनुवादनको भूमिका निर्वाह गर्नुभएका डा. श्रेष्ठको यो सातौँ अनुवादित पुस्तक हो । विगतमा प्रकाशित ६ वटा पुस्तकभन्दा यो विशुद्ध बालबालिकालाई लक्षित छ ।
भावना प्रधान यस परीकथामा २२ वटा विभिन्न शीर्षकका कथाहरु छन् । सानी चरीको गीत, छिँकुवा छावा पीपी, माछा र झिँगे माछाको लुकामारी, हात्ती आमा, भ्यागुते बाजा, भूत कोठाको खेल, डरलाग्दो बन्दुकको नाल, उड्न चाहने रुख, गीत गाउन चाहने बाँसको झाडी, तालकी छोरीलगायतका शीर्षकहरु यस संग्रहमा संग्रहित छन् ।
कार्यक्रमका प्रमुख अतिथि लेउ तिहोगंले आफूले लेखका बाल कथ नेपालीमा अनुवाद हुनु चीन र नेपालबीचको अटुट सम्बन्ध, मित्रता र जनताबीचका पारस्परिक हित भएको बताउनुभयो ।
नेपाल र चीन छिमेकी देशसँगै समान रुपमा प्राकृतिक भूबनोट भएकाले समान प्रकारकै कथाहरु रहेका कारणले आफ्ना कथाहरु नेपाली बालबालिकाहरुलाई मन पर्ने खालको रहेको उहाँले प्रकाश पार्नुभयो ।
अनुवादक डा. श्रेष्ठले यस्ता साहित्यिक अनुवादले नेपाल र चीनबीचको साहित्यिक आदनप्रदानसहित जनता जनताबीचको सम्बन्ध प्रगाढ भएको बताउनुभयो ।
सिद्धार्थ वनस्थली इन्च्टिच्युटका प्रधानाध्यापक रुपक राजवंशी र अरनिको समाजका अध्यक्ष डा. सुशिल प्रजापतिले चिनियाँ साहित्यको अनुवादले चिनियाँ विचार, समाज, संस्कृति, रहनसहन आदि बुझ्न सजिलो हुने विश्वास व्यक्त गर्नु2@भयो ।