आज :

नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

  • अनलाइन डबली

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वाधार निर्माण तथा सरसफाइ सेवाको सुधारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यसले बढ्दो शहरी जनसंख्याका कारण सिर्जित खानेपानी र सरसफाइसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले नेपालमा तीव्र शहरीकरणका कारण शहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गएको र धेरै समुदाय अझै सुरक्षित खानेपानी तथा आधारभूत सरसफाइ सेवाबाट वञ्चित रहेको बताए । उनले परियोजना कार्यान्वयनपछि नगरपालिकाका बासिन्दाको खानेपानी तथा सरसफाइ सेवामा पहुँच उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे । परियोजनालेसार्वजनिक स्वास्थ्य सुधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो शहरी विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal