आज :

फलफूलमा हुने आयात कम गर्न फल दिने विरुवा रोप्न आवश्यक : सांसद श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिराज भक्त श्रेष्ठले खुल्ला क्षेत्रमा फलफूलका बोटहरु लगाउन सके फलफूलमा हुने आयात कम गर्न  सकिने बताएका छन् ।

शनिबार रोटरी क्लबले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले फल दिने विरुवा रोप्न जोड दिएका हुन् ।

उनले भने, ‘रोटरी क्लबले यो पटक फल दिने बिरुवाहरु रोपेको छ । नेपालमा फलफूल उत्पादनमा ह्रास भएर बाहिरी मूलुकबाट भित्राइएका भन्ने समाचारहरु आइरहेका छन् । खुल्ला क्षेत्रहरुमा फलफूलहरु रोप्न थालियो भने चराचुरुङगीले पनि खान पाउने र विस्तारै बाहिरबाट भित्र्याउने संख्यामा पनि कमि हुन्छ । यस्ता कामहरुले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ ।’

उनले खुल्ला क्षेत्र फल लिने विरुवाहरु रोप्दा पछि आयात निर्यातमा सन्तुलन हुनुका साथै अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले सबैलाई खाली ठाउँमा फल दिने विरुवाहरु रोपी शहरी हरियाली प्रवर्धन गर्न समेत आग्रह गरे ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal