आज :

२१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो

  • अनलाइन डबली

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो ।
यस दिन कुल ३११ स्टकको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको ३ करोड, ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद विक्री भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ४.४६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.६८ अंकले बढेको छ ।
यसदिन थ्रिस्टार हाइड्रोपावर, ट्रेडटावर लिमिटेड, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८०.८८ रुपैयाँले वृद्धि भएर ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेडटावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले वृद्धि भएर ४८७.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य क्रमशः प्रतिकित्ता ३९.४० रुपैयाँ र १९५०४ रुपैयाँले बृद्धि भएर ४३४.३० रुपैयाँ र २२७०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन ग्रिन डेभ्लप्मेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता १४७.७३ रुपैयाँले घटेर १३२९.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्यमा पनि नकारात्मक सर्किट लाग्दै ९३५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, हिमालयन रिन्स्योरेन्स र फस्र्ट माइक्रो फाइनान्सको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal