आज :

काठमाडौं नगर सभाको १७ औँ अधिवेशनबाट दुई वटा विधेयक स्वीकृत

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ ।

बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।

यसको साथै, उनले आज नगरसभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरु संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal