
काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
मन्त्री बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् ।
घुस काण्डमा मन्त्री गुप्ता जोडिएपछि चौतर्फी विरोध भइरहेको छ । मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।