आज :

नेपालमा पहिलो पटक ‘नेपाल स्ट्रिट प्रिमियर लिग’ आयोजना हुँदै

  • अनलाइन डबली

काठमाडौं । नेपालमा पहिलो पटक डीजीआर स्पोट्र्स एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग ‘एनएसपीएल’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
‘स्ट्रीटदेखि स्टेडियमसम्मको यात्रा’ भन्ने नारासहित प्रतियोगिता यही आउँदो असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
उक्त प्रतियोगितामा सात टोलीहरू सहभागी हुनेछन् । कुल २२ खेलहरू सिंगल राउन्ड रोबिन लिगको आधारमा खेलाइनेछ । लिग चरणको समाप्तिमा शीर्ष चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन टिम खरिद गर्नुपर्नेछ र खेलाडी छनोट अक्सन मार्फत गरिनेछ । आयोजक संस्था डीजीआर स्पोट्र्सका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिएअनुसार प्रतियोगिताको विजेता टोलीले नगद २१ लाख रुपैयाँ, भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
उनका अनुसार, ‘नेपाल स्ट्रिट प्रिमियर लिगमार्फत हामी देशभरिका उदीयमान क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म दिन चाहन्छौं । हाम्रो उद्देश्य भनेको ग्रासरुट क्रिकेटको विकास गर्दै भविष्यका उत्कृष्ट खेलाडीहरू उत्पादन गर्नु हो ।’
यो प्रतियोगिताले नेपालको क्रिकेट विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । प्रतियोगिता र टिम खरिद सम्बन्धी विस्तृत जानकारीका लागि (एनएसपिएल)को आधिकारिक वेबसाइट हेर्न सकिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal