आज :

सुनचाँदी व्यवसायीले गरे न्युरोडमा प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं। सुनचाँदी व्यवसायीहरुले काठमाडौंको न्यूरोडमा प्रदर्शन गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै आज व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । आन्दोलनको पूर्वनिर्धारित तालिका अनुसार उनीहरुले आज असार २३ गते पनि एक घण्टा प्रदर्शन गरेका हुन् ।

उनीहरुले २४ गते उपत्यकाका जिल्ला/नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठी आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।

यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal