आज :

बाबा पाख्रिनसहित दर्जन कलाकार माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले भने- पर्सामा विजय यात्रा सुरु भयो

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘एकचोटी सबैले हाम्रो वर्गका लागि, समुदायका लागि, उत्पिडित वर्गका लागि एवम जाति सबैको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

उनले बाबा पाख्रिन र उनको नेतृत्वमा रहेका व्यक्तिहरु पार्टी प्रवेश गरेपछि पर्सामा विजय यात्रा सुरु भएको समेत बताए ।

कार्यक्रममा कलाकार बाबा प्राख्रिनले परिवर्तनकारी युवाहरु माओवादी केन्द्रमा गाेलबद्द हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal