आज :

लिच्छविकालीन सप्तपाताल पोखरी पुनः निर्माणको क्रममा, यस्तो छ ऐतिहाँसिक महत्व (फोटो फिचर सहित )

  • बुद्धशरण शाही

ललितपुर ।ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । ऐतिहासिक तथा धार्मिक महत्व राख्ने सो पोखरीको अस्तित्व मेट्ने गरी विभिन्न संस्थाले भौतिक पूर्वाधारका कार्य अगाडि बढाएपछि विरोध भएपछी  करिब १५ वर्ष मुद्दा लडेर फिर्ता ल्याएको सप्तपाताल पोखरीको पुनर्निर्माण अन्तिम चरणमा आइपी]उगेको छ ।  सप्तपाताल पोखरी संरक्षणका लागि ललितपुर महानगरपालिले प्रतिबद्धता जनाएपछि यस ऐतिहासिक पोखरी पुनः जीवित हुन लागेको हो ।

रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न भएपछि एक जोडी भँगेरालाई आकाशमा छोड्ने र एक जोडी माछालाई सप्तपाताल पोखरीमा छोड्ने परम्परा छ । जात्रा सकिएको बारेमा इन्द्र भगवान्लाई भँगेरामार्फत जानकारी दिने र माछामार्फत पाताल लोकलाई जानकारी दिने परम्पराका रूपमा मानिँदै आएको छ ।

दुई वटा पोखरीमध्ये एउटा पोखरी नेपाली सेनाको राजदल गण मातहत थियो भने अर्को पोखरी बेवारिसे थियो । नमुना मच्छिन्द्र विद्यालयले सँगै जोडिएको पोखरीलाई नष्ट गर्ने गरी सटर निर्माण गरिरहेको थियो । राजदल गणले करिब ३२ रोपनी चर्चिंदै आएको थियो । विद्यालयसँगैको पोखरी १४ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ ।

ललितपुर महानगरपालिकाले अपनत्व लिने निर्णय भएपछि यतिखेर पोखरीलाई पुरानो अवस्थामा फर्काउने गरी निर्माण कार्य धमाधम भइरहेको छ । चार करोड रुपियाँको लगानीमा चारैतर्फ फलामे बार लगाइएको छ । त्यस्तै ६० लाख रुपियाँमा पोखरीलाई गहिरो पार्न खाल्डो खनिएको छ । सम्पूर्ण निर्माण कार्यका लागि करिब २३ करोड रुपियाँ लगानी गरिँदै छ । सो स्थानमा तीन वटा पाटी पनि तयार गरिने छ ।

सो पोखरीको मुहान ललितपुरको टीकाभैरवदेखि ल्याइएको राजकुलो थियो । हाल ढोलाहिटीभन्दा यता राजकुलो रहेको ठाउँमा व्यक्तिगत घर निर्माण भइसकेका छन् । त्यसैले ढोलाहिटीदेखि सप्तपातालसम्म सडक हुँदै पाइपबाट पानी ल्याइने भएको छ । त्यसका लागि तीन करोड रुपियाँको टेन्डर आह्वान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal