आज :

सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ, तनावमा चाैधरीमा निरासा

  • अनलाइन डबली

काठमाडौं । सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।

इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको थियो ।

आर्थिक वर्ष २०२४ मा कम्पनीको आम्दानी ११ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा पनि वार्षिक आधारमा ६ प्रतिशत गिरावट देखिएको हो । यसको प्रमुख कारण चाउचाउ बिक्रीमा कमी र नयाँ उत्पादनको ठोस बजार विस्तार नहुनु कम्पनीले जनाएको छ ।

पछिल्लो समय ‘कोरियन स्टाइल’ वा ‘स्पाइसी’ नुडल्सको लोकप्रियताले बजार पाउँदा पारम्परिक ‘ब्राउन’ वाइवाईले प्रतिस्पर्धा गर्न नसकेको देखिएको रेटिङ रिपोर्टमा उल्लेख छ । बजारमा नयाँ ब्रान्डहरू तीव्र रूपमा उदाउँदै गर्दा वाइवाईले आफ्नो पुरानो मोडल परिवर्तन गर्न ढिलो ग¥यो । यद्यपि कम्पनीले नयाँ स्पाइसी उत्पादनहरू ल्याउने प्रयास थालेको पनि बजारमा खासै प्रभाव जमाउन छैन । आव २०२४ मा कम्पनीको सञ्चालन मुनाफा मार्जिन ९.९ प्रतिशत थियो भने चालू वर्षको पहिलो ९ महिनामा यो घटेर ६ प्रतिशतमा सीमित भएको छ ।

आफ्नो उत्पादन ओरालोतिर लागेपछि चौधरी परिवारमा चिन्ता बढेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal