आज :

संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ : सभामुख घिमिरे

  • अनलाइन डबली

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा सम्बोधन गर्ने प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

सभामुख घिमिरेले सोमबार सार्वजनिक सन्देशमार्फत नेपाली जनसमुदाय, वर्तमान तथा पूर्व सांसद, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधीहरूलाई शुभकामना व्यक्त गर्दै लोकतन्त्रको रक्षा तथा संसदीय अभ्यासको सुदृढीकरणमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन् ।

उनले संसद दिवसको अवसरमा नेपालको संसदीय इतिहासमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, लोकतन्त्र प्राप्तिका लागि संघर्षरत राजनीतिक योद्धाहरूको योगदानलाई स्मरण गरे ।

‘नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ,’ सन्देशमा उल्लेख छ, ‘आजको दिन लोकतन्त्र, संविधानवाद, जनताको अधिकार र प्रतिनिधिहरूको उत्तरदायित्व स्मरण गर्ने अवसर हो ।’

सभामुख घिमिरेका अनुसार संसद नीति निर्माण, कानून निर्माण र कार्यान्वयनमा प्रभावकारी निगरानी गर्ने प्रमुख संस्था हो। जनताको स्वीकृति बिना कर नलगाइने भन्ने लोकतान्त्रिक सिद्धान्तलाई संविधानले संस्थागत गरेको र करसम्बन्धी प्रस्तावहरू संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको पनि उनले सन्देशमा उल्लेख गराएका छन् । ‘लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म संवाद, सहकार्य र सहमति हो,’ सन्देशमा भनिएको छ, ‘संसद वादविवादको नभई संवादको थलो बन्नुपर्छ ।’

उनले फरक विचार र प्राथमिकता भएका दलहरूबीच पनि साझा राष्ट्रिय सरोकारमा सहमति अपरिहार्य भएको बताए । संसदको गरिमा जोगाउन र जनअपेक्षा सम्बोधन गर्न दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै, सांसद, राजनीतिक दल, कर्मचारी, प्रेस, नागरिक समाज र सचेत नागरिकप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal