आज :

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

यस वर्ष प्रदेशगतरुपमा कोशी प्रदेशमा ४५ हजार ८ सय ३५ जना उतिर्ण, मधेश प्रदेशमा ५९ हजार ७ सय ४९ जना, बाग्मती प्रदेशमा १ लाख १९ हजार ५ सय १७ जना, त्यस्तै गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ जना, लुम्बिनी प्रदेशमा ५७ हजार ६ सय ८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४ सय ५५ र सुदुरपश्चिम प्रदेशमा ५९ हजार ८ सय ४ जना ग्रेडिड भएका छन् ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

एसईई परीक्षामा जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal