आज :

इरानका रक्षामन्त्री चीनमा उच्चस्तरीय भेटघाटमा व्यस्त, इजरायली र अमेरिकी हमलाबारे जानकारी

  • अनलाइन डबली

काठमाडौँ । इरानका रक्षामन्त्री अजिज नासिरजादेह चीनमा उच्च राजनीतिक भेटघाटमा व्यस्त रहेका छन् । बुधबार चीन पुगेका नासिरजादेह चिनियाँ र अन्य देशका अधिकारीसँग भेटघाटमा व्यवस्त रहेका छन् ।

सांघाई सहयोग संगठन (एससीओ) का सदस्य देशहरूका रक्षामन्त्रीहरूको बैठकमा भाग लिन नासिरजादेह चीन गएको इरानी संचारमाध्यमहरुले बताएका छन् । चीन र रुसको नेतृत्व गर्ने एससीओमा भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस सदस्य रहेका छन् ।

भेटघाटको क्रममा इरानी रक्षामन्त्रीले एससीओ सदस्य देशका रक्षामन्त्रीलाई इजरायल र अमेरिकाले इरानमाथि गरेको हमलाबारे जानकारी दिइरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal