आज :

इरानले अमेरिकी सैन्य शिविरमा हमला सुरु गरेपछि ट्रम्पले रोजे युद्धबिरामको बाटो

  • अनलाइन डबली

काठमाडौँ । इरानले आफ्नो आणविक ऊर्जा केन्द्रमा गरेको हमलाको जवाफस्वरुप खाडी मुलुकमा रहेका अमेरिकी सैन्य शिविरमा हमला सुरु गरेको छ । इरानले एकसाथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग लामो समय नलड्ने संकेत गरेका छन् ।

इरानले मध्यपूर्वको मुख्यालय मनिएको कतारस्थित उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको हो । यो राजधानी दोहाबाट दक्षिणपश्चिममा छ । यसले २४ हेक्टर ९६ एकड क्षेत्रफलमा फैलिएको छ । यो अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको अगुवा मुख्यालय हो । पश्चिममा इजिप्टदेखि पूर्वमा कजाखस्तानसम्म फैलिएको विशाल क्षेत्रको अमेरिकी सैन्य कारबाहीको निर्देशन यही बेसबाट हुँदै आएको छ ।

यो बेसमा अत्याधुनिक अस्त्रसहित १० हजार अमेरिकी सैनिक तैनाथ छन् ।

यही मुख्यालयमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि ट्रम्पले युद्धविरामको बाटो रोजेको रक्षा विश्लेषकहरुको भनाई रहेको छ । इरानले योसँगै सिरियामा रहेको अमेरिकी सैन्य शिविरमा पनि हमला गरेको छ ।

इरानका सर्वोच्च नेता आयतुल्ला अलि खामेनीले इराकसँग आफ्नो देशको कुनै दुश्मनी नभएको र अमेरिकी हमलाको जवाफ आफ्नो सेनाले दिएको उल्लेख गरेका छन् । उनले इरानी जनता कसैसँग नझुक्ने समेत बताए ।

इरानको यो प्रतिवादले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविर असुरिक्षत भएपछि ट्रम्पले इजरायललाई युद्ध रोक्न दबाब बढाएका छन् भने इरानसँग पनि युद्धविरामको लागि चीन, रुसलगायतका देशहरुसँग पहल गरेका छन् ।

ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामको लागि तयार रहेको सामाजिक संजालमार्फत पहिले सार्वजनिक गरेका छन् । ट्रम्प आफैले निम्त्याएको इजरायल इरान युद्धको बिरामको जस पनि आफैले लिन हतार गरेको बताइएको छ ।

ट्रम्पको भनाईपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामबारे कुनै छलफल नभएको तर लडाइँ आफ्नो देशले सुरु नगरेको बताए । उनले इजरायलविरुद्धको सैन्य कारबाही अन्तिम क्षणसम्म जारी राखेको भन्दै उनले इरानी सेनालाई धन्यवाद दिए ।

‘इजरायललाई दण्ड दिन हाम्रा शक्तिशाली सशस्त्र सेनाहरूको सैन्य कारबाही अन्तिम क्षणसम्म जारी रह्यो, म हाम्रा बहादुर सशस्त्र सेनाहरूलाई धन्यवाद दिन्छु जो आफ्नो रगतको अन्तिम थोपासम्म हाम्रो प्रिय देशको रक्षा गर्न तयार रहन्छन् र जसले अन्तिम क्षणसम्म शत्रुको कुनै पनि आक्रमणको जवाफ दिन्छन्’ अराघचीले सामाजिक संजालमा लेखेका छन् ।

अमेरिकाले ‘मदर अफ अल बम्स्’ नाम दिइएको जिबीयू–५७ बम आणविक ऊर्जा केन्द्रमा प्रहार गरेर अहिलेसम्मकै ठूलाे हमला गरेकाे थियाे । यति ठूलो हमलापछि पनि इरानले कडा जवाफ दिन नछोडेपछि ट्रम्पको अगाडि युद्धबिरामको एकमात्रै विकल्प भएको विश्लेषकहरु बताउँछन् ।

जवाफमा इरानले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव संसदबाट पारित गरेपछि अमेरिकाले चीनसँग संवाद गरेर यो निर्णय कार्यान्वयनमा रोक लगाउन आग्रह गरिसकेको थियो ।

ऊर्जा केन्द्रमा जिबीयू–५७ बम हमला गरेपछि इरानले आत्मसमर्पण गर्ने अमेरिका र इजरायलको अनुमान पनि फेल भएको छ । त्यति ठूलो हमला गरेपनि त्यहाँ कुनै अहिलेसम्म विकिरण नफैलिएको आईएईएले बताएको छ । इरानी अधिकारीहरुले अमेरिकाले भनेजति क्षति नभएको बताइसकेका छन् ।

आफ्ना ऊर्जा केन्द्रमा प्रहार गरेको हमला बराबरकै अमेरिकी सैन्य शिविरमा जवाफी हमला गरेको इरानले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal