आज :

ट्रम्प भन्छन्-इरानका आणविक केन्द्र ध्वस्त, आईएईए भन्छ- विकिरण फैलिएको छैन, सुरक्षित छन्

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाले बी–२ बमबर्षक बिमान प्रयोग गरेर इरानका तीनवटा आणविक केन्द्रमा हमला गरेर ध्वस्त पारेको जनाएको छ ।

हमलापछि राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रकाे नाममा सम्बाेधन गर्दै हमला सफल भएका, इरानलाई शान्तिको बाटोमा आउन बाध्य बनाएको दाबी गरेका थिए ।

ट्रम्पले यस्तो हमला आफ्नो सेनाले मात्रै गर्न सक्ने भन्दै हमलामा सहभागी सैनिकलाई बधाई समेत दिए ।

यसैबीच संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानी आणविक स्थलहरू सुरक्षित रहेको बताएको छ । तीनवटै आणविक स्थलबाट कुनै विकिरण फैलिएको नपाइएको जनाएको छ ।

विकिरण नफैलिनु भनेकाे अमेरिकाले ध्वस्त पारेकाे दाबी गरेका आणविक स्थल सुरक्षित रहनु हाे ।

‘इरानमा अमेरिकी आक्रमणपछिको अवस्थासम्बन्धी प्राप्त तथ्यांकअनुसार ती ठाउँको वरपरको विकिरण स्तरमा कुनै वृद्धि देखिएको छैन’ आईएईएको विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आईएईएले इरानको अवस्थाबारे थप जानकारी प्राप्त भएपछि मात्रै थप मूल्यांकन सार्वजनिक गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal