
काठमाडौं । रुसले इरानको सत्ता परिवर्तन र सर्वोच्च नेता आयतुल्ला अलि खामेनीको हत्या आफूहरुलाई अस्वीकार्य हुने बताएको छ । इरानको सत्ता परिपर्तन र खामेनीको हत्याको चर्चाबीच रुसले यी कुरा भए कडा प्रतिक्रिया जनाउने चेतावनी दिएको छ ।
अमेरिकाको ब्याकअपमा इरानमाथि हमला गरेको इजरायलले त्यहाँका सर्वोच्च नेता आयातुल्लाह खामेनीको हत्या गरेर ४६ वर्षअघि अन्त्य भएको राजतन्त्र फर्काउन खोजेको चर्चा चलिरहेका बेला रुसले पहिलो प्रतिक्रिया दिएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्काई न्यूजलाई दिएका एक अन्तरवार्तामा इरानमा शासन परिवर्तनको खेल भए आफूहरुको प्रतिक्रिया धेरै नकारात्मक हुने बताएका छन् । ‘हाम्रो प्रतिक्रिया धेरै नकारात्मक हुनेछ र हामी यसलाई कडारूपमा अस्वीकार गर्नेछौँ’ दिमित्रीले भने ।
रुसी अधिकारीको यो प्रतिक्रियाले इजरायल र अमेरिकालाई इरानी सत्ता परिवर्तन र सर्वोच्च नेता खामेनेईको हत्या गर्ने योजनामा अगाडि बढे भारी हुने देखिएको छ ।
इरानमा सन् १९७९ मा भएको राजसंस्था अन्त्य भएको थियो । अहिले इजरायल र अमेरिकाले इरानी राजसंस्थाका उत्तराधिकारी रेजा पल्बीलाई राजाका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । पल्बीलाई अमेरिकाले पालेको इरानले बताउँदै आएको छ ।
रुस र इरानले असल मित्रको रुपमा लिँदै आएका छन् ।