आज :

ट्रम्पलाई खामेनेईको कडा जवाफः आत्मसमर्पण गर्दैनौं, इजरायललाई दया देखाउने ठाउँ छैन

  • अनलाइन डबली

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्ला अलि खामेनेईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । ट्रम्पले आत्मसमर्पण गर्न दिएको चेतावनीलाई खामेनेईले ठाडै अस्वीकार गर्दै खामेनेईले युद्ध सुरु भएसकेको र इजरायलसँग सम्झौता हुन नसक्ने बताए । उनले हमलाको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।

‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन’ सामाजिक सञ्जाल एक्समा खामेनेईले लेखेका छन् । एक्समा खामेनेईले एक अर्को पोष्ट गर्दै इजरायललाई आतंकवादीको संज्ञा दिँदै इजरायली शासनलाई दया नदेखाउने बताएका छन् ।
इरानको यो जवाफले युद्ध झन फराकिलो बन्ने निश्चित भएको छ ।

यसअघि इजरायलको शक्तिशाली गुप्तचर निकाय मोसादको हेडक्वाटर इरानले ध्वस्त गरिदिएको छ । राजधानी तेल अभिभको केन्द्र भागमा रहेको मोसादको केन्द्रीय कार्यालय ध्वस्त भएको फोटो र भिडियो अन्तर्राष्ट्रिय संचारमाध्यमले सार्वजनिक गरेका छन् ।

मोसादले यहीबाट इरानीविरुद्धको हमलाको योजना बनाइरहेको थियो । त्यसअघि रक्षा मन्त्रालयमा पनि इरानले मिसाइल हमला गरेको थियो । जहाँ प्रधानमन्त्री बेन्जामिन नेतान्याहू वार रुममा बसेर युद्धको नेतृत्व गरिरहेका थिए । यसपछि नेतान्याहूबाटै अहिले बंकरबाटै युद्धको अवलोकन गरिरहेका छन् ।

इजरायलले आफ्ना देशको क्षति नदेखाउन संचारमाध्यमलाई उर्दी जारी गरेका छन् । इजरायलको क्षति विवरण स्वतन्त्ररुपमा पुष्ट हुन सकेको छैन । हमलाको भिडियो र फोटा सामाजिक संजाल प्रयोगकर्ताहरुले गोप्यरुपमा साझा गरिरहेका छन् ।

इजरायलको क्षतिको विवरण इरानी संचारमाध्यमहरुले विश्वसामु पुर्याइरहेका छन् । सेटलाइट फोटो र भिडियो सार्वजनिक गर्न थालेपछि इजरायलले इरानी संचारमाध्यमलाई निसाना बनाइरहेको छ ।

इरानी राज्य प्रसारक टेलिभिजनमा भएको इजरायली आक्रमणमा दुई सञ्चारकर्मीको मृत्यु भएको छ ।

आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन् । राजाबपुर समाचार सम्पादक र अजिमी आईआरआईबी प्रसारकको सचिवालयमा कर्मचारी रहेको इरानले पुष्टि गरेको छ ।

युद्धमा जुन पक्षले जानाजान संचारकर्मी र संचारमाध्यममाथि हमला गर्छ, उसको बढी क्षति भएको हुन्छ । आफ्नो क्षति विवरण बाहिर नआओस् भन्ने उद्देश्यले इजरायलले आफ्नो देशमा संचारमाध्यममाथि अघोषितरुपमा प्रतिबन्ध लगाएको छ भने इरानी संचारमाध्यममाथि हमला गरेको छ ।

इरानी संचारगृहमा इजरायलको हमलाले उसको देशमा अहिलेसम्म बाहिर आएको भन्दै बढी क्षति पुगेको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal