
काठमाडौं । मध्यपूर्वमा आफूलाई बाघ दाबी गर्दै आएको इजरायल इरानसँग स्याल बन्ने खतरा बढेको छ । लडाइँको तीन दीन पुग्न नपाउँदै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकासँग गुहार माग्नु पर्ने अवस्थामा पुगिसकेका थिए ।
नेतान्याहूले इरान आफ्नो मात्रै नभएर अमेरिकी जनताको ‘दुश्मन’ भएको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । उनले इरान आफ्नो देश र अमेरिकाको लागि खतरा रहेको दाबी गर्दै भिडियो सन्देश जारी गरे ।
उता इरानले आफू लामो र पूर्ण युद्धको लागि तयार रहेको बताइरहेको छ । इरानी रक्षामन्त्री अजिज नासिरजादेहले आफ्नो सेना लामो र पूर्ण युद्धको लागि तयार रहेको बताइरहेका छन् । इरानी सर्वोच्च नेता आयुतुल्ला अलि खामेनेईले इजरायली महलापछि प्रतिक्रिया दिँदै ‘खुनको बदला खुन’ को चेतावनी दिएका थिए । सोहीअनुसार इरानी सेनाले हमला जारी राखेको छ ।
इरानका राष्ट्रपति डा. मसुद पेजेस्कियानले आफ्ना नागरिकमाथि हमला जारी राखे खरानी बनाईदिने चेतावनी दिएका छन् । उनले इजरायलले युद्ध सुरु गरेको भन्दै आफ्नो देश पूर्ण युद्धको लागि तयारी अवस्था रहेको बताए । उनले आफ्ना सैनिकले इजरायली हमलाको कडा जवाफ दिइरहेको र अझैं ठूलोस्तरको हमला गर्ने चेतावनी दिए ।
इरानले एकैपटक दर्जानौं क्षेप्यास्त्र र ड्रोनबाट जवाफी महला सुरु गरेको थियो । इरानले इजरायलको राजधानी तेल अभिभ र हाइफालाई केन्द्र बनाएर हमला जारी राखेको छ ।
इरानीले तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालय र जजुसी संस्था रहेको भवनमा हमला गरेको छ । त्यहीबाट युद्धको अवलोकन गरिरहेका इजरायली प्रधानमन्त्री नेतान्याहूलाई बंकरमा लुकाइएको थियो ।
आणविकसम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई उलंघन गर्दै इजरायलले इरानी आणविक ऊर्जा केन्द्रमा हमला गरेको थियो । घुसपैठ गराएर इरानी सेनाका उच्च कमाण्डर र आणविक वैज्ञानिकको हत्या समेत गरेको थियो ।
जवाफमा हमलाको क्रममा दोस्रो चरणमा इरानले इजरायलमाथि हाइपरसोनिक मिसाइल हमला गर्यो । जसलाई पाँच तहको प्रतिरक्षा प्रणालीले रोक्न सकेन । चर्चित इजरायलको आइरन डोम र अमेरिकी थार्ड पनि फेल भए । इरानी मिसाइलले इजरायलको राजधानी तेल अभिभ, हाईफालगायतका शहर गाजामा परिणत भएका छन् ।
इजरायली हमलापछि इरानले ‘हिट एण्ड रन’ गरेर भागेर बच्ने सपना नदेख्न चेतावनी दिएको थियो । इरानले इजरायललाई गाजा बनाईदिने चेतावनी दिएको थियो ।
अहिले अन्तर्राष्ट्रिय संचारमाध्यम र सामाजिक संजालमा सार्वजनिक भएका फोटो र तस्वीर हेर्दा इजरायल गाजाको अवस्थामा पुगेको देखिन्छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसेन करमानपुरका अनुसार ६५ घण्टामा इजरायली हवाई आक्रमणमा २४४ जनाको मृत्यु भएको छ र ९० प्रतिशतभन्दा बढी हताहत सर्वसाधारण नागरिकहरू रहेको बताएका छन् । इजरायलले नागरिक बस्तीलाई लक्षित गरेर हमला जारी राखेको छ ।
पश्चिमा संचारमाध्यमहरुले भनेजति इरानको क्षति नभएको पनि बताइएको छ । एकैपटक २ सयबढी फाइटर विमानबाट गरिएको हमला निसानामा लागेको भए तेराहन ध्वस्त नै हुन्थ्यो होला । इरानी एयर डिफेन्स सिस्टमले अधिकांश आकाशमै ध्वस्त पारेको र घुसपैठबाट भएका हमलाले बढी मानवीय क्षति भएको इरानी संचारमाध्यमहरुले बताएका छन् ।
इरानले इजरायली रक्षा मन्त्रालयमा पनि मिसाइल खसाएको दाबी गरेको छ । तेहरान टाइम्सका अनुसार सुरुमा इरानी सेनाले अत्याधुनिक इजरायलको एफ–३५ लडाकु विमान खसालेको थियो । हमलाको लागि इरानी आकाशमा प्रवेश गरेका दोस्रोपटक अर्को एफ–३५ लडाकु विमान खसालेको र तेस्रोपटक एफ–३५ लाई खसाल्न सफल भएको बताएको छ ।
साथै, इरानले एफ–३५ पाइलटलाई पनि नियन्त्रणमा लिएको दाबी गरेको छ । दुईजना पाइलट जिउँदै नियन्त्रणमा रहेको इरानले जनाएको छ । त्यसमा एकजना महिला पाइलट रहेको पनि दाबी गरिएको छ ।
अहिले पूरै इजरायलमा हवाई चेतावनी साइरनहरू सक्रिय छन् । मानिसहरुलाई बंकरमा लुक्न भनिएको छ ।