
काठमाडौँ । नेपाल आयल निगमले साेमबारदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नयाँ बढेको मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएकाे छ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम भाेलिदेखि हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको छ ।
निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्ति यस्तो छ –