
काठमाडौँ । इरानले इजरायमाथि जवाफी हमला गरेको छ । इरानले एकैसाथ दर्जानौं मिसाइल र ड्रोन प्रहार गरेर जवाफी हमला गरेको हो । इजरायलले छापामार शैलीमा इरानमाथि हमला गरेर ठूलो क्षति पुर्याएपछि इरानले घोषितरुपमा प्रतिआक्रमणको सुरु गरेको थियो ।
अयातुल्ला अलि खामेनेईले इजरायसँग खुनको बदला खुन लिने घोषणा गरेको केही घण्टाभित्रै इजरायलको राजधानीलगायत मुख्य शहरमा क्षेप्यास्त्र र ड्रोनबाट एकसाथ जवाफी हमला गरेको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इजरायलको चर्चित आइरन डोमले पनि इरानको हमलालाई रोक्न सकेन ।
इरानले इजरायलको रक्षा मन्त्रालय, सेनाको हेडक्वाटरलगायतलाई निसाना बनाएको थियो । राजधानी तेल अविभमा बढी क्षेति भएको बताइएको छ । एकजनाको मृत्यु भएको र दर्जानौं घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
राजधानीलगायतका मुख्य क्षेत्रमै इरानी क्षेप्यास्त्र रोक्न नसकेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बंकरमा लुकेको बताइएको छ ।
यसैबीच इरानले इजरायलका दुईवटा फाइटर जेट खसालेको बताएको छ । इरानमा हमला गर्न उसको हवाई क्षेत्रमा प्रवेश गरेका फाइटर जेटलाई इरानी वायु सेनाले खसालेको बताइएको छ । एकजना महिला फाइलटलाई पनि इरानी सेनाले नियन्त्रणमा लिएको छ ।