आज :

निर्वाचन प्रक्रियाद्वारा वाईसीएलको नयाँ नेतृत्व छान्न प्रतिनिधिको माग, सर्वसम्मतकाे अन्तिम प्रयास

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रको साहयक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व निर्वाचन प्रक्रियाद्वारा छान्न प्रतिनिधिहरुले माग गरेका छन् । जारी बन्द सत्रमा सहमतिको प्रयास भने जारी रहेको छ ।

पार्टी अध्यक्ष प्रचण्डसँग वाईसीएलका नेताहरुले दुई चरण भेटवार्ता गरेका छन् । तरपनि कुनै व्यक्तिमा सर्वसम्मत हुन नसक्दा नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सर्वसम्मतबाट नयाँ नेतृत्व चयन गर्न प्रयास जारी राखेका छन् ।

अध्यक्षमा अहिलेसम्म केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही र नवराज ऐरले दाबी गरेका छन् भने चुनावी प्रक्रिया अगाडि बढे कतिजना मैदानमा उत्रिने हुन अहिले नै भन्न नसकिने एक पदाधिकारीले बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal