
काठमाडौं । भिजिट भिसा प्रकरणमा सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेस छानबिन गर्न तयार नभएपछि प्रतिनिधिसभा बैठक आज पनि बस्न सकेन । सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन बनेको थियो ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजिनामाबाट छानबिन समिति बनाउन तयार भएपनि सत्तारुढ एमाले र काँग्रेस तयार नभएपछि संसद बैठक अन्योलमा परेको छ ।
मंगलबार पनि बस्न नसकेको बैठक आज सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो । तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।
काँग्रेस एमाले गृहमन्त्रीको राजिनामा वा छानबिन समिति बनाउन तयार छैनन् । उनिहरुले गृहमन्त्रीले संसद बैठकमा बोल्न पाउनु पर्ने अडानमा रहेका छन् ।