
काठमाडौं । यातायात व्यवसायीले सिण्डिकेटलाई कायम राख्न लागिपरेका छन् । सरकारसँग सहमति हुँदा समेत आज पनि सार्वजनिक सवारी साधान चल्न दिएका छैनन् । यातायात व्यवसायी र सरकारबिच मध्यरातमा सहमती हुँदा समेत आज पनि सार्वजनिक गाडी चल्न नदिएर गैरजिम्मेवारीपन देखाएका छन् ।
बार्तामा गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने र यातायात व्यवसायीले आन्दोलन फिर्ता लिने सहमति भएको थियो ।
सार्वजनिक यातायात जस्तो संवेदनशील क्षेत्रलाई सिण्डीकेट प्रथाको लागि आन्दोलन गरेर सार्वसाधारणलाई सास्ती दिने कार्यको चौतर्फी विरोध भएपनि गाडी चल्न दिएका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी गराइसकेपछि मात्रै गाडि चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए ।
सरकार र व्यवसायीबिच भएको सहमति अनुसार संयुक्त कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी गराउने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जानकारी दिने र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति भएको छ ।
सहमति भइसक्दा पनि गाडी चल्न नदिएर व्यवसायीले आफ्नो गैरजिम्मेवारीपन देखाएका छन् ।
आज पनि देशभर गाडी नचलेपनि यात्रुहरुको बिचल्ली भएको छ ।