
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले भिसा प्रकरणमा विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको बचाउमा लागेको छ ।
आज विहान बसेको पदाधिकारी बैठकमा लेखकको बचाउ गर्दै उल्टै नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
विवादमा परेपछि छानबिनको लागि मार्ग प्रशस्त गर्न चौतर्फी जनदवाव सिर्जना भइरहेको बेला काँग्रेसले यो निर्णय गरेको हो । सभापति देउवा भिसा प्रकरणबारे गृहमन्त्रीसँग सोध्नुको साटो नैतिकता देखाउनुपर्ने बताउने नेताहरुलाई स्पस्टिकरण सोध्न कसिएका छन् ।
नेताहरु डा. शेखर कोइराला, सांसद सुनिल शर्मा र सांसद राजेन्द्र बजगाईलाई स्पष्टिकरण सोध्ने बैठकले निर्णय गर्यो । सोहीअनुसार सभापति देउवाले नेता कोइरालालाई स्पष्टिकरणको लागि बोलाएका छन् ।
यसअघि नेकपा एमालेले पनि गृहमन्त्री लेखकको बचाउ गर्दै राजिनामा गर्नुनपर्ने निर्णय गरिसकेको थियो ।
यसैबीच प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका पार्टीहरुले गृहमन्त्री लेखकले राजिनामा गरेर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।