
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका छन् । भोलि बिहान ९ बजे देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ। पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै, क्रियाशिल सदस्यताको विषयमा पनि छलफल हुने बताइएको छ ।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको संलग्नता भएको भन्दै चौतर्फी विरोध भइरहेको बेला बस्न लागेको पदाधिकारी बैठकले त्यसबारे पनि छलफल गर्ने बताइएको छ ।
एक हप्ताअघि मात्रै देउवा निकट प्रभावशाली नेता मोहन बस्नेतलाई भ्रष्टाचार आरोपमा निलम्बनमा परेका छन् । त्यसबारे पनि बैठकमा हुने नेताहरुले बताएका छन् ।
नेता बस्नेतले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफूलाई फसाएको आरोप लगाउँदै आएका छन् ।
महामन्त्री गगनकुमार थापाले गठबन्धनको चौचित्य सकिएको अभिव्यक्ति दिइरहेको बेला बस्ने पदाधिकारी बैठकले समग्र सरकारको कामकारवाहीको बारेमा छलफल गर्ने बताइएको छ ।