आज :

नेपाल भाषामा निर्माण भएको ‘‘ सुथसिया निभाः ’’ म्युजिक भिडियोको गीत प्रतियोगिता हुने

  • बुद्धशरण शाही

काठमाडौँ।।नेपाल भाषामा निर्माण भएको ‘‘ सुथसिया निभाः ’’ म्युजिक भिडियोको गीति प्रतियोगिता हुने भएको छ। प्रतियोगिता मार्फत नेपाल भाषा गायन क्षेत्रमा लुकेका प्रतिभालाइ समाजमा परिचय गराउने उदेश्यका साथ प्रितियो गीता गरिन लागेको आज आयोजित पत्रकार सम्मेलन मार्फत निर्माता समुह कन्फराक्टिभ मिडिया सोलुसन प्रा.लिले जानकारी दिएका छन्।
यस म्युजिक भिडियोको निर्देशक रचना बिराजकाजी राजोपाध्यायको रहेको छ। पुरुषोत्तम श्रेष्ठको स्वरमा रहेको यस गीतको संगीत सुमन कपालीको रहे को छ।

यस गीत प्रतियोगिता मा सहभागीहुन ‘सुथसिया निभाः’ गीतको म्यूजिक ट्राएकमा गीत रेकर्ड गरि suthasiya.myekasa@gmail य् ईमेल गर्नु पर्ने हुन्छ।
म्यूजिक ट्राएक गाएक पुरु श्रेष्ठको युट्युब च्यानल ‘Puru Shrestha’ मा अपलोड भइसकेको छ । ईमेल मार्फत प्राप्त गीत ‘सुथसिया निभाः गीत प्रतियोगिता फेसबुक पेज तथा गाएक पुरुषोत्तम श्रेष्ठको युट्युव च्यानलमा अपलोड हुने छ। यस प्रकार प्राप्त गीत मध्ये चार जना उत्कृष्ट प्रतिभालाइ प्रथम , दोश्रो , तेश्रो र चौथो पुरस्कार र फेसबुक पेजमा सबैभन्दा सर्वाधिक लाइक ल्याउन सफल भिडियो लाइ मोस्ट पपुलर पुरस्कार गरिने छ।

२०८२ असार ८ सम्ममा पाठाइयेका गीतहरुलाई प्रतियोगितामा समावेश गरिने छ।

प्रतियोगिताका नियेमहरु :

१. सहभागीले Puru Shrestha युट्युब च्यानलमा अपलोड रहेको ‘सुथसिया निभाः जुयाः’ को काराओके ट्राएकमा रेकर्ड गरिएको गीत भिडियो आयोजकक ईमेलमार्फत पठाइनु पर्ने।

२. सहभागीले गीत गाउदा साउन्ड कार्ड आदि कुनै पनि इफेक्ट प्रयोग नगरी ड्राइ भोकलमा नै गाएको हुनु पर्ने ।

३ भिडियो Full HD Quality (१९२००१०८०) मा हुनु पर्ने ।

४. २०८२ असार ८ आइतबार सम्म प्राप्त भिडियो मात्र प्रतियोगितामा समावेस गरिने।

५.सहभागीले आफैले गाएका गीतको भिडियो संगै Puru Shrestha युट्युब च्यानल सब्सक्राइब गरेको र ‘सुथसिया निभाः गीति प्रतियोगिता फेसबुक पेज लाइक गरेको स्क्रीनसट समेत मेलमा पठाउनु पर्ने।

६. प्रतियोगितामा बिश्वको कुनै पनि भूगोल, समुदाय, क्षेत्र सबैले सहभागी हुन् सक्ने।

७. आयोजकले सहभागीहरुको मार्फत प्राप्त भिडियो निर्णायक मण्डलबात प्रथम , दोश्रो , तेश्रो र चौथो पुरस्कार छनौट गर्ने छ।

८. मोस्ट लाइक पुरस्कार आयोजकको फेसबुक पेजयमा अपलोड भएको भिडियोमा सर्वाधिक लाइक पाएको भिडियोलाइ प्रदान गरिने छ।
आयोजकको फेसबुक पेजको शेयर गरेका बाहेक सहभागी आफनै वालमा शेयर गरेको खण्डमा यस्ता भिडियोमा लाइक संख्यालाइ अधार मानिने छैन।

९. एक सहभागीको एउटा मात्रा भिडियो प्रतियोगितामा समावेस हुने छ।

 

गीत सुन्नुहोला –

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal