
दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्गको प्रस्ताव आफूले नै गरेको दाबी गर्नुभएको छ । ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्यपहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरेको बताउनुभयो ।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान शुरुवात गर्न मध्य पहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको विकराल समस्यालाई रोक्न सकिन्छ की भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ । अहिले यो सम्पन्न हुँदैछ । ‘प्रचण्ड’ले भन्नुभयो ।’दैलेखमा आउदाँ म भाबुक हुन्छु । बिगतमा प्रधानमन्त्री हुदाँ पुर्खाको उद्धगम थलो दहमा आएर पुर्खाको योगदानलाई संम्झना गरेर गएको थिए । त्यसैले म दैलखी नै भएको बताउँनुभयो ।
जेठ २ गते शुक्रबार देखि बैतडीको पाटनबाट सुरु भएको जनता सँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनता जागरण अभियान अन्तर्गत आइतवार दैलेखमा आयोजित जनसभामा यस्तो बताउनुभएको हो । उहाँले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पु¥याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता पछि तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पु¥याएका हुन् ।’ अध्यक्ष दाहालले आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताउनुभयो । उहाँले सबै समुदाय सँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पु¥याउने लक्ष्य लिएको पनि बताउनुभयो ।
अहिले हाम्रो ध्यान सरकार तिर छैन । ढलाउने वा बनाउने तिर छैन । यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोमा हिँडेको छ । हामीले सुरु गरेका कामहरुलाई भत्काउँर्दैछ । राम्रोलाई दण्डित गर्ने र नराम्रो गर्नेलाई पुरस्कृत गर्दैछ । यसमा हामी निरन्तर खबरदारी गरिरहेका छौं । यसप्रति हामी चिन्तित छौं ।’
सरकारले आफ्नो अलि कति आलोचक छ भने जसरी पनि फसाउने तिर प्रधानमन्त्री कार्यालय र क्याबिनेट लागेकोमा हाम्रो खबरदारी छ,’ उहाँले भन्नुभयो । “बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौँ”,पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भन्नुभयो, “तराई, मध्य पहाड र हिमाली क्षेत्रका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।” अझै गर्ने छु ।
तराइ मधेस जागरण अभियान चाहेको भन्दा बढी सफल भएको र मध्य पहाडी लोक मार्ग यात्रा पनि सफल हुने भन्दै कर्णालीलाई सधैँ प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताउनु भएको छ ।
उहाँले मधेस आन्दोलन समाधान देखि संविधान कार्यान्वयन सम्म माओवादीको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताउनुभयो ।
अध्यक्ष दाहालले मध्य पहाडी राजमार्गले यति धैरै परिवर्तन ल्याउँला भन्ने मध्य पहाडका बासिन्दाहरुको कल्पनाको बिषय पनि थिएन होला । राजमार्गले जोडिएका स्थानहरुमा अहिले उत्पादन बृद्धि भएका छन्, साना साना बजारहरु सुरु गरेर स्थानीयहरुले आम्दानी गरिरहनु भएको छ । यात्रा देखी अन्य कामहरु सहज भएको आफुले अनुभुती गरेको बताउनु भयो । पर्यटकिय गन्तब्यको क्षेत्र बन्न सुरु भएको छ । घुमफिर गरेर आन्नद लिनका लागी पर्यटकहरुलाई राजमार्गको यात्रा निकै सहज देखिएको छ । यो राजमार्गले आर्थिक, सामाजिक, पर्यटकिय क्षेत्रमा निकै ठूलो परिवर्तन ल्याउनेछ अध्यक्ष दाहालले भन्नुभयो ।
दैलेख ऐतिहासिक, साँस्कुतिक, आर्थिक, प्राकृतिक, बिभिन्न जातजातिको उद्धगम थलो भएको सुन्दर जिल्लामा पर्याप्त सम्भावना रहेको औंल्याउँदै यहाँबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिनुभयो । पेट्रोलियम पदार्थ उत्खननमा अबलोकन गरेर आए बाकी काम पुरा गराउन भुमिका रहने बताउँनुभयो । ‘दैलेख सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने दुनियाँको नमूना बन्न सक्छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्याय छिट्टै टुङ्गिगीएर जनयुद्धु जनआन्दोलनका शहिद, बेपत्ता, घाइतेले आत्मसम्मान र रोजगारी पाउँनु पर्छ भन्नेमा माओवादी दृढ रहेको उहाँको भनाइ रहेको छ । कार्यक्रममा अन्य पार्टीका नेता, कार्यकर्ता सात दर्जन भन्दा बढी माओवादी पार्टी (केन्द्रमा प्रबेश गरेका थिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशवर पुन, अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उप महासचिब जनार्दन शर्मा, प्रथम मुख्यमन्त्री महेन्द्र शाही ,कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।