आज :

ग्रीनकार्डसहित ४० लाखमा अमेरिका पुर्याइदिन्छु भन्दै डा.मोजराज बगालेले लाखौं ठगे: पीडित खनाल

  • अनलाइन डबली

काठमाडौं । कन्सल्ट्यान्सी व्यवसायी डा.मोजराज बगालेले आफूलाई ठगेको सामाजिक अभियान्ता राजेन्द्र खनालले आरोप लगाएका छन् । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूलाई जमानी राखी अमेरिका पठाइदिन्छु भनेर ठग्ने मात्रै नभएर मिडियाबाजी गरेर आफ्नो चरित्र हत्या गरेकोसमेत खनालले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पीडित खनालले घटना बारे यसरी बताए “म राजेन्द्र खनाल काठमाडौ नागार्जुन–८ स्थाइ निवासी ‘भ्रष्टाचार विरुद्धको राष्ट्रिय महाअभियान’को अध्यक्ष साथै सामाजिक अभियनता पनि हुँ । तर, केहिदिन अगाडिदेखि डा.मोजराज बगाले नाम गरेको कन्सल्टटेन्सी व्यवसायी र मेरो पुर्व मित्र पनि रहेको व्यक्तिले मेरो विरुद्धमा मानहानी हुने गरि मिडियाबाजी गर्दै हिडिरहेकोले मेरो गम्भीर ध्यानाकर्षण भै म लगत्तै कानुनी कारबाहीमा जाने उदघोष गर्दौ उसको कुरामा कुनै सत्यता नरहेको पनि जानकारी गराउदछु ।”

खनालले बोल्ने क्रममा भने,“यही वैशाख २८ गते वित्तिय पिडितहरुको समर्थन अभियान र दिदी बिमारी समेत भएकोले भेट्न चितवन जान लागेको थिए।त्यत्तिकैमा पुर्व मित्र बगालेले मेरो सितापाइला बासस्थानमा गाडी लिइ आइ पोखरा हुँदै चितवन जावौ भनी जबर्जस्ति गर्यो । त्यसपछी उसको गाडिमा दुवैजना पोखरा गैयो । त्याहाँ उसको काम सकियो, ढिलो भयो, म चितवन जान पनि सकिन । अनि उसैले दमौलिको दुना टपरी होटेलमा ल्यायो, रुम बुक गर्यो, त्यसपछि उसैले रक्सी मगायो, नखाउँ–नखाउँ भन्दा पनि थाकियो केही हुन्न भन्दै मगायो, खाइयोअब खाने क्रममा व्यवहारिक कुरा पनि आयो । केही समय अगाडि उसले मेरो अर्को साथी पुर्व प्रहरी इन्सपेक्टर जलु गुरुङको बैनि सुसिला गुरुङलाइ सम्झौता पत्र अनुसार ग्रीनकार्ड सहित ४० लाखमा अमेरिका पुर्याइदिन्छु भने चेक मार्फत १० लाख पेश्की समेत लिएको थियो। जसको माध्यम र जमानी जत्तिकै म थिए। अब कुराकै सिलसिलामा मैले त्यो १०लाखको प्रमाण त दिनुहोस् मात्रै के भनेको थिए, बगालेले मलाई एक्कासि अदालत मार्फत आइज भन्दै टेवल ठोक्यो । म सालिन अनि झै झगडा गर्न नजान्ने व्यक्ती ,चुपचाप बसे।तर भनाभन चै भको नै हो । त्यत्तिकै एउटै रुममा सुतियो ।”

खनालले बोल्दै थपे,“जब, बिहान भएछ,शमेरो सिरक खोल्ने व्यक्ति प्रहरि थिए । म झस्किदै किन ? के भो? भन्दा तपाइले उहालाइ मार्न खोज्नु भयो रे, पाच लाख फिरौती माग्नु भयो रे भन्दै कल आयो चौकी जाऔ भन्यो।त्यसपछी मैले कल मार्फत इन्सपेक्टर साथी गुरुङलाइ कल गरे, स्थिति बुझ्नलाइ जाउ भनेपछी म चौकी गए।तर, बगाले भागे।मलाइ बिना प्रमाण, बिना निवेदन, बिना उजुरी प्रहरीले चौकिमा २ दिन राख्यो । त्यसैविच मित्र इन्सपेक्टर गुरुङले पत्रकार प्रतिमा सैजु पठाएर बुझेर म छुटे काठमाडौ आएँ ।”

पीडित खनालले पीडा व्यक्त गर्दै भने,“अब, बगालेकै गाडिमा, बगालेकै पैसामा म गएको, मैले त्यो बैनिको १० लाखको प्रमाण दिनुहोस् भन्दा आफै अदालत मार्फत आउ भन्ने, निहु खोज्ने अनि अहिले अनेक मिडियाबाजी गर्दै मेरो मानहानी गर्दै आइरहेकोले अझै यो देशमा सत्यता मरेको छैन।इमानदार र सत्यवादी पत्रकार, प्रहरिहरु,समाजसेवीहरु पनि छन् र मैले निश्चित न्याय पाउने छु भन्ने आशा गर्दै, अनुरोध गर्दै त्यस्ता फटाहालाइ खरबरदारी गर्न साथै काननको दायरामा ल्याउन सप्रमाण सहित पत्रकार सम्मेलन गर्दछु ।”

पीडित खनाललाई समर्थन गर्दै अर्कि पीडित सुसिला गुरुङकी दिदी जलु गरुङले डा.बगालेले खनालले भने बमोजिम रकम लिएको र आफूले खनाललाई चिनेको कारण मौखिक जमानी बस्ने सर्तमा डा. बगालेलाई पेस्कि रकम १० लाख दिएको बताईन् । साथै खनाललाई पटकपटक सो १० लाख बरारबरको प्रमाण बगालेसँग माग्न आफूले नै दबाब दिएको पनि स्वीकारिन् ।

तेस्रो जनाआन्दोलन राष्ट्रिय परिषद सदस्य खड्क श्रेष्ठले खनाल पीडित भएको र यस्ता बगाले जस्ताः सुनियोजित ठगी गर्ने गिरोहलाई माथिल्लो निकायले नै संरक्षण गरेको बताए ।
अमेरिका पठाउने भन्दै ठगी

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal