
डोटी । राष्ट्रिय दलित अभियान नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ । मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दिपायल, सुर्खेतमा आयोजित जनसभामा संयोजक प्रेम बिसीले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन् ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवका अनुसार सभामा बोल्दै बिसीले दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न अध्यक्ष प्रचण्ड र माओवादीलाई बलियो बनाउन आवश्यक रहेका भन्दै बिसीले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेको जानकारी गराए ।
प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले दलित अधिकार पाएको बताउँदै बाँकी अधिकार प्राप्त र पाएका अधिकारलाई संस्थागत गर्न माओवादी पार्टीलाई बलियो बनाउन सम्पूर्ण दलित समुदायलाई माओवादीको गोलबद्ध हुन बिसीले अपीस समेत गरे ।