आज :

माओवादी अभियान डोटी हुँदै आज अछाम पुग्ने, साँझको बास विनायक बजारमा

  • अनलाइन डबली

अछाम । नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग अभियान आज डोटीका कार्यक्रम सकेर अछाम आइपुग्न लागेको छ । डोटीमा हुने जनसंवाद कार्यक्रम सकेर अभियान टोली दिउँसो अछाम पुगेर विभिन्न कार्यक्रममा सहभागी हुने भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपक साउदका अनुसार अध्यक्ष प्रचण्डसहितको अभियान टोलीलाई अछम प्रवेशढोका चौखुट्टेमा भव्य स्वागत गरिनेछ ।

त्यसपछि साँफेबगरमा जनसभालाई अध्यक्ष प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको साउदले जानकारी दिए । त्यसअघि अछामका प्रतिष्ठत व्यवसायी खेमराज कुँवरको घरमा पुगेर समवेदना दिने कार्यक्रम तय गरिएको छ ।

साउदका अनुसार साँफेबगरको जनसभालाई सकेर अभियान टोलीले बयलपाटा अस्पतालको निरीक्षण गर्ने र मंगलसेनमा जनसंवाद कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

अभियान टोली आज विनायक बजारमा बास बस्ने छ । ‘साँफेबगर-मंगलसेनका कार्यक्रम सकेर अभियान टोली बास बस्न बिनायक बजार पुग्नेछ, त्यसको सम्पूर्ण तयारी भइसकेको छ’ साउदले भने ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal