
काठमाडौं । अन्ततः रुस र युक्रेनबीच शान्ति वार्ता हुने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तयार भएपछि टर्कीको स्तानबुलमा वार्ता हुन लागेको हो ।
वार्तामा भोलोदिमिर जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेका थिए तर पहिलो चरणको वार्तामा पुटिन सहभागी नहुने भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बिहीबारदेखि हुने वार्तामा भाग लिने व्यक्तिहरूको सूचीमा पुटिनको नाम नभएको बताएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्तामा पुटिनलाई सहभागी हुन आग्रह गरेका थिए । तर आग्रह त पूरा नभएपनि युद्धको ३ वर्षपछि रुस-युक्रेनबीच दोस्रोपटक वार्ता हुन लागेको हो । यसअघि २०२२ पनि स्तानवबुलमा प्रत्यक्ष वार्ता भएपनि सफल हुन सकेको थिएन ।
वार्ताबारे रुसले जारी गरेको वक्तव्यमा रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्ने उल्लेख छ ।
पुटिन र जेलेन्स्की सन् २०१९ डिसेम्बरपछि आमने–सामने भेटेका छैनन् ।