आज :

निगमको 9N-ABT ट्वीनेटर  विमान नियमित वार्षिक मर्मत सम्भार सम्पन्न गरि सेवा संचालनमा

  • बुद्धशरण शाही

नेपाल वायुसेवा निगमको 9N-ABT ट्वीनेटर  विमान नियमित वार्षिक मर्मत सम्भार सम्पन्न गरि सेवा संचालनमा ल्याएको छ । निगमले नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीेको मापदण्ड अनुसार दुईवटै नयाँ इन्जिन परिवर्तन गरि नियामकीय चेकजाँच सफल रुपमा सम्पन्न गरि सोमबार  २९ गते देखि पूर्णरुपमा नियमित उडान तालिका अनुसार संचालनमा ल्याएको जानकारी दिएको छ । आन्तरिक उडान संचालनका लागी निगमका दुई वटै ट्वीनेटर  विमान पूर्ण रुपले संचालनमा आएको हुँदा उक्त विमानहरु आन्तरिक उडान सेवामा सक्रिय रूपमा परिचालन हुँदा निगमको उद्धेश्य अनुरुप दुर्गम भेगका नागरिकहरुमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा बृद्धि हुने विश्वास लिदै आगामी दिनहरूमा पनि विगतमा झै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्चप्राथमिकता राखी उडान संचालन गर्न निगम सदैव प्रतिबद्ध रहेको निगमको भानाइ रहेको छ ।
यससंगै,निगमका कार्यकारी अध्यक्ष यूवराज अधिकारी बाट आन्तरिक तर्फका जहाजहरुको पूर्ण उपयोग गर्दै दैनिक रुपमा प्रति जहाज प्रति दिन न्यूनतम चार वटा उडान भर्ने योजना अनुरुपको तालिका कार्यान्वयन गरि बजारमा उल्लेख्य उपस्थिती जनाउन बजार व्यवस्थापन तथा अन्य सम्बन्धित विभागहरुलाई समेत निर्देशन गर्नु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal