
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । युद्धविरामपछि जनतालाई सम्बोधन गर्दै मोदीले ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’
कश्मिरमा सर्वसाधारणमाथि भएको हमला पाकिस्तानको संरक्षण भएको भन्दै पहिलो भारतले सैन्य कारवाही गरेको थियो । पाकिस्तानले त्यसको कडा जवाफ दिएपछि युद्धविराम गर्न तयार भएको मोदीले युद्धविरामपछि सो चेतावनी दिएका हुन् ।
पाकिस्तानले संसारकै शक्तिशाली मानिएको राफेललगायत ५ वटा फाइटर जेट खसालेपछि भारतलाई अहिलेसम्मकै ठूलो झट्का लागेको थियो । भारतले गरेको हमलाबाट पाकिस्तानमा सर्वसाधारणको ज्यान गएको थियो भने पाकिस्तानको हमलामा परी भारतले उच्च सरकारी अधिकारीसँगै ठूलो संख्यामा सैनिक गुमाउन पुगेको थियो ।
पाँचवटा विमानका पाइलटले पनि ज्यान गुमाएको बताइएको छ ।
मोदीको यो पछिल्लो भनाईको कुनै अर्थ नभएको बताइएको छ । यसअघि पाकिस्तानले आफ्नाे धारणा सार्वजनिक गरिसकेको थियो ।
परमाणु हतियार भएका यी दुई छिमेकी देशबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कायम रहेको छ ।
युद्धविरामपछि दुबै देशका उच्च सैन्य अधिकारीबीच साँझ पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।