आज :

ज्यापु महागुथिको युवा नेतृत्वमा श्याम कृष्ण प्रजापति

  • बुद्धशरण शाही

काठमाडौँ । नेवा: समुदायकै संस्कृति सम्वर्धनमा  मुख्य भुमिका निर्वाह गर्दै आईरहेको ज्यापु महागुथिको युवा बिभागको नेतृत्व स्याम कृष्ण प्रजापति लाइ प्रदान गरेको छ ।

केन्द्रिय सचिवालय समितिले केन्द्रिय अध्यक्ष सत्यनारायण डंगोलको प्रस्ताबमा ज्यापु समुदायलाई सामुहिक रुपमा एकाकार गर्दै नयाँ ढंगले अघि बढाउनका  निम्ति शिक्षा , स्वास्थ्य , युवा लगाएत बिभिन्न बिभाग निर्माण गरि सामाजिक गतिबिधिलाई आगामी दिनमा अझ सशक्त बनाउने उद्देश्य अनुरुप युवाहरुलाई संगठित गर्न  बुधबार  २४ गते युवा सामाजिक एवं स्वयंसेवक बिभागको संयोजक तथा केन्द्रीय युवा बिभागको नेतृत्वमा प्रजापतिलाई जिम्मेवारी  प्रदान गरेको हो।

गुठिले निरन्तर रुपमा आफ्नो संस्कार, रितिरिवाज, परम्परा अनि आफ्नो पहिचान जोगाउन युवा बालबालि र जेष्ठ नागरिक समेतको उल्लेख्य उपस्थितिमा बिभिन्न गतिबिधिका साथै संस्कृति,परम्परा , मुर्त अमुर्त सम्पदा जोगाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रजापति यस अघि गुथि बिधेयक विरुद्ध संघर्ष गर्नको लागि युवाहरुको बिभिन्न संघर्ष समिति तथा अभियानहरुको संयुक्त समिति “राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति”को संस्थापक संयोजक ,सुकुम्बासी समस्या समाधान गर्न नेपाल सरकाको मन्त्रीपरिषदबाट गठित राष्ट्रिय भूमि आयोगको काठमाडौ जिल्लाको अध्यक्ष र २०८० पौष ३ गते सर्वोच्च अदालतबाट निर्णय भएको खोला मापदण्ड विरुद्ध संघर्ष गर्न बनेको भूमि अधिकार संरक्षण समितिको संयोजक रहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal