आज :

प्रधानमन्त्री ओलीको ‘नयाँ गफ’ ! हामीले कुरा गरेपछि भारत र पाकिस्तान युद्धमा गएनन्

  • अनलाइन डबली

काठमाडौँ । एकपछि नयाँ ‘गफ’ दिएर दुनियालाई हसाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कारणले भारत पाकिस्तानबीचको सम्भावित लडाइँ रोकिएको बताएका छन् । उनले दुबै छिमेकी हात हालाहालको स्थितिमा पुगेको तर आफ्नो आग्रहमा लडाइँबाट दुवै देश पन्छिएको भन्दै धन्यवाद दिए ।

आज २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वुद्ध जयन्तीको अबसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको हात हालाहाल त भएको थियो, तर त्यो हात हालाहाल बढ्न पाएन, संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।’

प्रधानमन्त्री ओलीले आफूले सुरुदेखि नै हात हालाहालको स्थिति विस्तार हुनुहुँदैन भनेको पनि दाबी गर्दै भने, ‘हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’ उनले फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति रहेको बताए ।

प्रधानमन्त्री ओलीले विश्वका लागि बुद्धका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले बुद्धको शान्तिको सन्देशको अर्थ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्मरण गरे ।

प्रधानमन्त्रीकाे याे भनाइलाइ लिएर सामाजिक संजालमा टिकाटिप्पणी समेत भएकाे छ । सामाजिक संजाल प्रयाेगकर्ताहरूले याे भनाइलाइ नयाँ गफ भन्दै खिसिट्युरी समेत गरेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal