
काठमाडौँ । भारत–पाकिस्तानबीच युद्धविराम भएको छ । पाकिस्तानले प्रतिआक्रमणको घोषणा गरेसँगै सयौं क्षेप्यास्त्र र ड्रोन भारतमा प्रहार गरेको केही घण्टाभित्र दुबै देशबीच युद्धविराम भएको हो । यो कुरा पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएका थिए ।
दुवै देशका विदेश मन्त्रालयले युद्धविरामको पुष्टि गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको औपचारिकरुपमा जानकारी गराएका हुन् ।
शनिबार साँझ ५ बजेबाट युद्धविराम लागु भएको छ । अब दुबै देशका सेनाले जमिन र हवाई कुनै पनि हमला गर्ने छैनन् ।
भारत निकै दबाबमा थियो । पाकिस्तानको जवाफी कारवाही पछि भारतले कुनै सैन्य जवाफ नर्फाएर आत्मरक्षा मात्रै गरेको थियो ।
भारतले पाकिस्तानसँग सम्पर्क गर्न पहल मात्रै गरिरहयो । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) सँग दिउँसो ३ः३० बजेतिर सम्पर्क गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उक्त वार्तामा दुबै देश पूर्ण युद्धविरामको सहमति भएको बताइएको छ ।
यसैबीच यही मे १२ मा दुबै देशका प्रतिनिधिहरु वार्तामा बस्ने बताइएको छ ।