आज :

सरकारले सदनमा उठेका प्रश्नको बेवास्ता गर्याेः प्रभाकर

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा प्रभाकरले शुन्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरुलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भिर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।

‘संसदमा पटक पटक विषयहरु उठेका छन्, प्रश्नहरु उठेका छन् । नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसिहरु किन खाली भईरहेका छन् । स्वास्थ्य बीमा किन भुक्तानी गरिदैँन्, मध्य पहाडी करिडोर भेरी नदि, मेगा पुल, हुलाकि मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखि रहेका छौ । यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधान तिर त के जवाफ पनि दिन तयार छैन् । यो गैरजिम्मेवारी किन शुन्य समय सुनाएर उठाउँनको लागि हो भने बन्द गरौं होईन भने सरकारले गम्भिर भएर जवाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु’ प्रभाकरले भने ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal