आज :

बर्षाका कारण नारायणगढ-बुटवल र काठमाडौं- हेटौंडा सडकखण्ड अवरुद्ध, तीन दिनसम्म पानी पर्ने

  • अनलाइन डबली

काठमाडौं । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ।

यसैबीच रातिबाट परेकाे वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal