आज :

नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवाद नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको बताएका छन् ।

उनले बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान भएको बताएका हुन् ।

‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरुप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रुपमा समर्पित बनौं । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौं । यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुनेछ,’ उनले भने ।

प्रचण्डले आठ घण्टा कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै यस ऐतिहासिक दिनमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यवद्धता प्रकट गरेका छन् ।

उनले नेपालमा श्रमजीवी जनसमुदायको संघर्ष र वलिदानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको पनि बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal