
भीमदत्तनगर, कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको ‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनसंवाद कार्यक्रमको समापन गरिएको छ ।
अभियानको अन्तिम दिन अध्यक्ष प्रचण्डसहितका नेताहरु कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी बनेका थिए ।
आज सहिद, बेपत्ता, अपाङ्ग तथा पीडित परिवारसँग भेटघाट गर्दै जनताका मुद्दा, अधिकार र विकासका विषयमा संवाद गरेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै पार्टी प्रचण्डले अभियानमा लाखौं जनताको सहभागिता रहेको बताउनुभयो । उहाँले अभियान सफल भएको भन्दै माओवादी र जनताबिच प्रत्यक्ष सात्क्षकार भएको बताउनुभयो ।